
धादिङ जेष्ठ १४ । धादिङ जिल्ला अस्पतालमा कार्यरत ७ जना स्वास्थ्य कर्मीको एक सातापछि सबैको पिसिआर रिपोर्ट नेगेटिभ आिएको छ ।
गत जेठ ८ गते अस्पतालमा कार्यरत ७९ जना कर्मचारीहरुको आरडिटि परीक्षण गर्दा २५, २६, ४१,४३, ५५, वर्षका पुरुष र २४, २६ वर्षकी महिला गरि ७ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।आरडिटि पोजेटिभ देखिएका सातै जनाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।
टेकुमा लाईनमा बस्नु पर्ने र चाप भएका कारण हेटौडा पठाउने सुझाव आए पनि जिल्ला अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जिल्ला अस्पतालका स्वास्थ्यकर्मी सहित कर्मचारीहरुको रिपोर्टको लागि पालो कुर्नु नपर्ने बताउँदै ७ जनाकै पिसिआर परिक्षणको लागि स्वाब सङ्कलन गरि टेकु पठाईएको थियो ।
स्वास्थ्यकर्मी कै आरडिटि पोजेटिभ देखिए पटि पिसिआर रिपोर्ट नआउन्जेल ओपीडी सेवा समेत बन्द गरिएको थियो । अस्पतालका अध्यक्षले दावी गरे जस्तो स्वास्थ्यकर्मीको पिसिआर रिर्पोट छिटो आएन तर ढिलै भए पनि ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विक अनुसार ७ जना कर्मचारीहरुको आरडिटि रिपोर्ट पोजेटिभ देखिएसँगै बन्द भएको ओपिडि लगाएत सम्पूर्ण सेवाहरु बिहिबारबाट पुनः सुचारु हुनेछ ।
सूचना अधिकारी विकले अस्पतालकै कर्मचारीमा आरडिटि परीक्षण गर्दा पोजेटिभ देखिएपछि सेवाग्राहीहरु त्रसित थिए अब भयभित नहुन र कोरोना सङ्क्रमणबाट बच्नका लागि उच्च सावधानी अपनाउन समेत आग्रह गरेका छन् । तस्वीरः कृष्ण उप्रेती
