
धादिङबेसी जेष्ठ ११ । धादिङमा शनिबार मात्र छिमेकी मुलुक भारतबाट कुनै चेक जाँच नगरि र क्वारेन्टाईनमा समेत नबसेका १ सय ३३ जना धादिङबेसी आईपुगेका थिए ।
यस्तै भारतीय सिमानामा २१ दिन विताएर बसेका आरडिटी परिक्षणको रिपोर्ट सहित ८४ जनालाई शनिबार बिहान नै नीलकण्ठ नगरपालिकाले भैरहवाबाट धादिङबेसी ल्याएको थियो ।
यो सँगै एकै दिन २ सय १७ जना मानिसहरु भारतबाट धादिङ घर फर्किए, क्वारेन्टाईमा नवसेका र आरडिटी परिक्षण समेत नगराएकालाई धादिङका स्थानीय तहरुले क्वारेन्टाईनमा राखेका छन् ।
जिल्लाभर कुन क्वारेन्टाईनका कति छन् विवरण समेत
१. नीलकण्ठ नगरपालिका -धादिङबेसी स्थित नीलकण्ठ माध्यामिक विद्यालयमा ७५ जना
२. धुनिबेसी नगरपालिका -खानी खोला स्थित मछिन्द्र बहुमुखि क्याम्पसमा ५ जना
३. गल्छी गाउँपालिका -बागेश्वरी माध्यामिक विद्यालयमा १२ जना
४. गजुरी -आदर्श माध्यामिक विद्यालयमा ६ जना
५. बेनिघाट रोराङ गाउँपालिका -मलेखु स्थित टिचिङ मेडिकल प्रस्तावित मेडिकल हलमा ६ जना र बागेश्वरी माविमा ७ जना
६. रुबीभ्याली गाउँपालिका -तिप्लिङ स्वाथ्य चौकीमा ६ जना र सेर्तुङ स्वाथ्य चौकीमा २ जना
७. नेत्रावती गाउँपालिका -कन्यादेवि आधारभुत विद्यालयमा १६ जना
८. खनियाबास गाउँपालिका -दार्खा स्वास्थ्य चौकीमा ३ जना
९. सिद्धलेक गाउँपालिका -नागेश्वरी अधाभुत विदालयमा २३ जना
१०. त्रिपुरासुन्दरी गाउँपालिका -सल्यानटार स्वाथ्य चौकीमा ३ जना
११. ज्वालामुखी गाउँपालिका -वडा वडा बनाईएको क्वारेन्टाईनमा ९ जना
कोभिड १९ को रोकथामका लागि सरकारले लकडाउको स्वरुपलाई केहि खुकुलो बनाए सँगै छिमेकी मुलुक भारतबाट धादिङ फर्कनेको संख्या दैनिक जसो बढी रहेको थियो । त्यसो त शनिबार मात्र हैन त्यस अघि पनि धादिङका विभिन्न गाउँपालिकामा भारतबाट मानिसहरु आई रहेका थिए ।
