भारतबाट आई भैरहवामा रोकिएका ८८ जना, धादिङबेसी आउँदै

Avatar photo
Dhadingpost
जेष्ठ ९, २०७७

धादिङ जेष्ठ ९ । धादिङको नीलकण्ठ नगरपालिका घर भई रोगजारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा बस्दै आएकालाई लिन ३ वटा बस भैरहवा पठाईएको छ ।

नीलकण्ठ नगरपालिकाले जिल्ला प्रशासन धादिङको अनुमति लिई आफ्ना ८८ जना नागरिकहरु ल्याउन ३ वटा बस शुक्रबार बिहान भैरहवा पठाएको हो ।

भारतको सिमा नाका पार गरि रुपन्देहीका विभिन्न क्वारेन्टाईनमा रहेका ८८ जनालाई रुपन्देही जिल्ला प्रशासन सँग समन्वय गरि ल्याउन जिल्ला प्रशासन धादिङले अनुमती दिए सँगै बस पठाईएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले धादिङपोष्टलाई बताए ।

स्वास्थ्य संयोजक रिजालका अनुसार बा ३ ख ५९५५, बा ४ ख ७०९५ र ना ७ ख २८५५ नम्बरका बस ८८ जना लिन गएको हो । आउने ८८ जनाको आरडीटी रिपोर्ट हेरिने र आरडीटी रिपोर्ट हुनेहरु क्वारेन्टाईनमा बसेर आउने हुँदा उनीहरुलाई सेल्फ होम क्वारेन्टाईनमा बस्ने गरि घर पठाईने छ भने आरडीटी रिपोर्ट नहुनेहरुलाई सदरमुकाम मै क्वारेन्टाईनमा राखिने छ ।

धादिङबेसीबाट बस खाली जाने भएपछि नीलकण्ठ सुनौली जान इच्छा व्यक्त गर्ने नीलकण्ठ ससाह इटा भट्टामा काम गर्ने ३३ जना मजदुर र सुनौलीका ८ जनालाई पनि उक्त बसमा उनीहरुलाई लगिएको छ ।

यस अघि नीलकण्ठ नगरपालिकाले जेष्ठ ६ गते एउटा बस पठाई १४ नम्बर वडाका ३२ जनालाई रोतहटबाट ल्याएको थियो ।

धादिङबेसी आईपुगे, भैरहवाबाट ३२ जना

x