
१
आँखु खोला झैं नागबेली परेको तिम्रो त्यो केशराशीमा
म आँफैं गुराँस बनेर फुलिदिउँ जस्तो लाग्छ
तिम्रो त्यो मायाको अथाह सागरमा
जिन्दगीका पिर व्यथाहरु भुलिदिउँ जस्तो लाग्छ
जीवन यात्राा न हो ।
अब त जीवनयात्रा अर्कै मोडमा मोडिदिउँ जस्तो लाग्छ
साँच्चै , तिमीलाई अपनाएर यो धादिङ्सँग
कहिल्यै नटुट्ने नाता जोडीदिउँ जस्तो लाग्छ ।
२.
आँसु तिम्रो निस्किए पनि आँखा त मेरो होस्
दिल तिम्रो धड्किए पनि धड्कन त मेरो होस्
यती गहिरो होस् कि हाम्रो भावनात्मक सम्बन्ध
जागिर तिम्रो भए पनि तलब त मेरो होस् ।
३.
पिरतिको गीत लेखें, गाउन कहिल्यै सकिएन
मुटुभरी प्रीत रचें, लाउन कहिल्यै सकिएन
बाध्यताले लाग्यौ बिदेश, गाउंबस्ती बिरानो भो
बाबाआमा चट्ट छाडी आउन कहिल्यै सकिएन
२०७७ जेष्ठ ८ गते
