धादिङ घर भएकी एक महिला सहित, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो

Avatar photo
Dhadingpost
जेष्ठ २, २०७७

धादिङ जेष्ठ २ । धादिङ घर भएकी महिला सहित नेपालमा कोरोना भाईरस संक्रमितको संख्या २५८ पुगेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

धादिङघर भएकी महिला काठमाडौको सतुङ्गलमा ब्युटी पार्लर संचालीका भएको स्रोतले जनाएको छ, उनीको रिपोर्ट बिहिबार बेलुका पोजेटिभ आएको थियो । भने शुक्रबार काठमाडौं, नेपालगन्ज र भेरि अस्पतालमा गरिको परिक्षणमा ९ जना संक्रमित फेला परे सँगै २५८ पुगेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ताले जनाएका हुन् ।

राष्ट्रिय प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुष रहेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० बाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले शुक्रबार बिहान आवधिक गरेको तथ्यांकअनुसार यस भाइरस संक्रमणबाट ३ लाख २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वभर ४४ लाख ३८ हजार भन्दा बढीमा कोरोना भाइरस स्रक्रमण रहेको पुष्टि भएको छ। १५ लाख ८६ हजार भन्दा बढी संक्रमित कोभिड–१९ भाइरसमुक्त भएका छन्।

१४ लाख १७ हजारभन्दा बढी संक्रमित देखिएको संयुक्त राज्य अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या ८५ हजार ८ सय भन्दामाथि पुगेको छ। अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १७५० भन्दा धेरै स‌ंक्रमितले ज्यान गुमाएको देखिन्छ ।

x