थाक्रे गाउँपालिकालाई धादिङ क्रसर उद्योगबाट ३ लाख ९० हजार सहयोग

Avatar photo
Dhadingpost
बैशाख ३१, २०७७

धादिङ बैशाख ३१ । धादिङको थाक्रे गाउँपालिकाले कोभिड १० को संक्रमण रोकथाम तथा उपचार गर्न संचालनमा ल्याएको कोषमा सुरक्षा सामाग्री र खाद्यान्न राहात सामाग्री प्रदान गर्ने सहयोगी दाताहरुको नाम सार्वजनिक गर्दै आएको छ ।

पछिल्लो पटक बुधबार १७ वटा क्रसर उद्योगहरुको नाम सार्वजनिक गर्दै थाँक्रे गाउँपालिकाले धादिङ क्रसर उद्योग संघबाट ३ लाख ९० हजार सहयोग प्राप्त भएको बताएको हो ।

१७ वटा क्रसर उद्योग मध्य १४ वटाले २५ हजारका दरले, २ वटा उद्योगले १० हजारका दरले र १ वटा उद्योगले २० हजार गरि धादिङ क्रसर उद्योग संघबाट ३ लाख ९० हजार सहयोग प्राप्त गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।

थाक्रेले पहिलो पटक सहयोग दिने सहयोगी दाताहरुमा ६ वटा सहकारीले नगद र अन्य ४ वटा संस्थाहरुको नाम सार्वजनिक गरेको थियो उनीहरुले खाद्यान्न सामाग्री र व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेका थिए ।

यस्तै दोस्रो पटक गाउँपालिकाका जनप्रतिनिधिहरुबाट ६ लाख, ९१ हजार ५००, कर्मचारीबाट ८ लाख ७६ हजार, ८१४, सहास नेपालबाट ५० हजार, हाईवे वचत तथा ऋण सहकारीबाट ३० हजार र जिल्ला समन्वय समिति धादिङको समन्वयमा अन्तराष्ट्रिय धादिङ समाजबाट सहयोग प्राप्त भएको सार्वजनिक गरेको थियो ।

बैशाख १४ गते सूचना जारी गर्दै, सहयोगी दाताको नामावली सार्वजनिक गरेको थाँक्रेले बैशाख २२ गते फेरी थप भएका सहयोगी दाताको नामावली सार्वजनिक गरेको हो ।

कोरोना भाईरस महामारीको रोकथाम तथा नियन्त्रण तथा यस अवधिमा भएको खाद्यान्न संकट समाधानको लागि सहयोग गर्न गाउँपालिकाले आव्हान गरे सँगै सहयोग जुट्क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ ।