
काठमाडौं बैशाख २७ । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुमा ३र३ जना र पर्सामा एकजना कोरोना संक्रमित भेटिएका भेटिए सँगै कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अञ्चल अस्पताल बिराटनगरको ल्याबमा गरिएको परीक्षणमा नयाँ कोरोना संक्रमित पुष्टि भएका हुन् ।
अधिकारीका अनुसार उदपयुरमा भेटिएका नयाँ संक्रमित त्रियुगा नगरपालिका-३ भुल्के कै हुन् । उनीहरु १८, ४५ र ६५ वर्षका महिला हुन् ।
त्यस्तै पर्साको छपकैयामा नै फेरि ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उता यसअघि दुईजना कोरोना संक्रमित भेटिएको कपिलवस्तुमा थप तीजना संक्रमित भेटिएका छन् ।
विश्वका विभिन्न देशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० लाख नाघेको छ । दुई सय १२ देश र दुईवटा पानीजहाजमा अहिलेसम्म ४० लाख १० हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ ।
जसमध्ये १३ लाख ८२ हजार भन्दा धेरैजना निको भएका वर्ल्डओमिटरले जनाएको छ । उपचार गराइरहेका २३ लाख ५२ हजारमध्ये दुई प्रतिशतको अवस्था जटिल र बाँकीको अवस्था सामान्य रहेको पनि वर्ल्डओमिटरले जनाएको छ ।
कोरोनाका कारण अहिलेसम्म २ लाख ७५ हजारभन्दा धेरैको ज्यान गएको छ । गएको २४ घण्टामा विभिन्न देशमा गरि साढे ५ हजार ५ सय ३४ जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमित र ज्यान गुमाउने सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छन् ।
अमेरिकामा अहिलेसम्म १३ लाख २० हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा ७८ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै बेलायतमा ३१ हजारभन्दा धेरै, इटालीमा ३० हजारभन्दा धेरै, स्पेन र फ्रान्समा २६ हजार भन्दा धेरैको ज्यान गैसकेको छ ।
भारतमा कोरोना सङ्क्रमितको संख्या साढे ५९ हजार नाघेको छ । हिजो ३३ सय भन्दा धेरै नयाँ बिरामी थपिएपछि भारतमा ५९ हजार ६ सय ९३ जनामा कोरोना पुष्टि भएको हो । त्यहाँ अहिलेसम्म १ हजार ९ सय ८५ जनाको ज्यान गएको छ । १७ हजार ८ सय ८७ जना भने निको भएका छन् ।

