
धादिङ बैशाख २५ । विगत एम महिना देखि दैनिक जसो पानी परि रहेको छ, त्यसमा पनि बुधबार साँझ सबै भन्दा धेरै पानी पर्यो । उक्त पानी पछि थाक्रे गाउँपालिकास्थित महेशखोलामा आएको भलले दुईओटा पुलको निर्माण सामग्री बगाएको छ ।
भलले थाक्रे गाउँपालिका वडा नम्बर २ को सिम्लेस्थित महेशखोलामा निर्माणाधीन अवस्थामा रहेको पुलको संरचना भत्काउनुका साथै निर्माण सामग्री पनि बगाएको थाक्रे ११ का वडा अध्यक्ष रवि प्रकाश ओझाले बताए ।
यस्तै पृथ्वी राजमार्गलाई केवलपुरसँग जोड्ने आठकिलो भन्ने स्थानमा ढलनाको तयारीमा रहेको पुलको सबै सामान भलले बगाएको पुल निर्माण कम्पनीका प्रमुख केशब गजुरेलले बताएका छन् ।
केहि दिन अघि परेको असिना पानीले धादिङमा लाखौं क्षेति पुगेको थियो ।
धादिङको त्रिपुरा सुन्दुरी गाउँपालिका ७ मा ११ जना कृषक मिलेर संचालनमा आएको बडहरे नमूना पशु-पन्छी तथा कृषि समूहले संचालन गरेको एउटै कृषि पर्ममा १५ लाख क्षेत्रि भएको थियो ।
विकास निामार्णको सामाग्री नै वगाउने भल आएको यो वर्ष पहिलो पटक हो । महेश खोलामा आएको वलले पुल निमार्ण सामाग्री बगाउँदा दुई करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको थाक्रे गाउँपालिकाले जनाएको छ । तस्वीरः नागरिकपाटीबाट
