फोटो पत्रकार समुहद्वारा मृगौला रोगी पाल्पाली परिवारलाई सहयोग

Avatar photo
Dhadingpost
बैशाख २४, २०७७

काठमाडौं बैशाख २४ । राष्ट्रिय फोटो पत्रकार समुह नेपालले दुबै मृगौला फेर भएका पत्रकार बि के पाल्पालीलाई सहयोग गरेको छ ।

लामो समय देखि ओछ्यानमा थला परेका साहित्यकार तथा पत्रकार बि के पाल्पालीको परिवारमा लकडाउनले थप संकट थपिदिए सँगै फोटो पत्रकारहरुको साझा संस्था राष्ट्रिय फोटो पत्रकार समुह नेपालले सहयोग गरेको हो ।

दैनिक खाद्द्यान्हको अभाव भएको जानकारी पाए पश्चात खाद्य सामाग्री लिएर फोटो पत्रकार पाल्पालिको घर पुगेका थिए । फोटो पत्रकारहरु घरमा आए सँगै मृगौला रोगी पाल्पालीको पत्नी रेणुका भट्टराइले आफुहरुलाई दैनिक गुजारा गर्न निक्कै कठिन भएको गुनासो पोखिन ।

उहाँको एक्लो कमाइले घर चल्थ्यो, उहाँ थलिए पछी मैले बनिबुँतो गरी जसोतसो परिवारलाई धान्दै आएको थिएँ गहबाट आँशु चुहाउँदै रेणुकाले भनिन् लकडाउन पछी काममा जान पनि पाएको छैन, दानापानी पनि सकियो, उहाँको औषधोपचारमा समेत समस्या परेको छ ।

बिगत ७ बर्षदेखी दुईटै म्रिगौला फेल भएर थला परेका पाल्पालीको १ छोरी र १ छोरा सहित ४ जनाको परिवार छ । बिभिन्न संचारकर्मिहरुको अभियानमा आर्थिक सहयोग संकलन गरी केही वर्ष अगाडी दिल्लीको मेदान्त अस्पातल पुर्‍याईएता पनि प्रत्यारोपणको प्रकृयामा समस्या देखिए पस्चात पाल्पालिको परिवार रित्तो हात फर्किएका थिए ।

म आँफैले म्रिगौला दान गर्न तयार भएर मेरो स्वास्थ्य जांच प्रकृया अगाडि बढ्यो रक्तसमुह पनि मेल खायो तर ममा पनि उच्च रक्तचाप को समस्या भेटियो, रेणुकाले थपिन, म बाहेक म्रिगौल दान गर्ने कुनै दाता भएन् त्यसैले रोग बोकेरै फर्कियौं ।

रोग बढ्दै जाँदा पाल्पालीको कम्मरको हड्डी समेत खिईएको हुनाले हड्डी पनि प्रत्यारोपण गर्नु पर्ने भएको बताउँदै रेणुकाले लामो सुस्केरा हाल्दै भनिन दुखै दुःखको पहाडले थिचिएसरी भएको छ ।ू

संचारक्रर्मी तथा मनकारी दाताहरुबाट प्राप्त धेर थोर सहयोगले बिहान बेलुकाको छाक टार्न जेनतेन सहयोग पुगे पनि पाल्पालीले नियमित सेवन गर्ने औषधी भने आर्थिक अभावका कारण खरिद गर्न पाएका छैनन ।

राष्ट्रिय फोटो पत्रकार समुहको पहलमा राहत हस्तानतरण गर्ने क्रममा समाजसेवी शान्ता क्षेत्रीले आफ्नो जन्म दिनको अवसरमा पाल्पालीको औषधी खरिदका निमित्त सहयोग स्वरुप प्रदान गरेको ३ हजार आर्थीक सहयोगका साथै राष्ट्रिय फोटो पत्रकार समूहबाट संकलित खाद्द सामाग्री प्रदान गर्दै समुहका महासचिव प्रदिप राज वन्तले एउटा संचारकर्मीको पिंडामा सबै संचारकर्मिहरु मिलेर सहयोग गर्नुपर्ने बताए ।

खाद्यान्न सामाग्री प्रदान गरे सँगै ग्यास किन्नको लागि फोटो पत्रकार सागर श्रेष्ठ, दिपक कार्की र अरुण बस्नेतले सहयोगमा आर्थिक सहयोग गरेका थिए ।

यसअघि फोटो पत्रकार समुहले भक्तपुरको इट्टा भट्टामा काम गर्ने ३०० भन्दा बढी मदजुरहरुलाई र बौद्धमा रहेका मजदुरहरुलाई खाद्यान्न वितरण गरेको थियो ।