
काठमाडौं बैशाख २३ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल-प्याब्सनले माध्यमिक शिक्षा परीक्षा एसईई नलिन माग गरेको छ ।
कोरोना भइरस (कोभिड–१९) का कारण स्थगित परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै मंगलबार विज्ञप्तिमार्फत प्याब्सनले सरकारलाई यस्तो आग्रह गरेको हो ।
यस अघि शिक्षा विद डा. मनप्रसाद वाग्लेले समेत कक्षा १ देखि ९ सम्म परीक्षा भइसकेको छ, अब नतिजा निकाल्दा हुन्छ । विद्यालयमा एक-एक जना शिक्षक आएर पनि नतिजा सार्वजनिक गर्न सकिन्छ । विद्यालयमा भिड जम्मा गरेरै नतिजा निकाल्नुपर्छ भन्ने होइन । अहिलेको परिस्थितिले पनि दिँदैन । नतिजा नआउँदा विद्यार्थीहरू उकुस(मुकुसमा छन् । नतिजाले उनीहरूलाई खुशी दिन्छ । यस्तो अवस्थामा एसईई र कक्षा ११ को परीक्षा नलिए पनि हुन्छ । म त भन्छु( अहिले मात्रै होइन, एसईई सधैंका लागि हटाए पनि हुने बताउँदै आएका थिए ।
एसईई परिक्षाको बारेमा चौतर्फी साचो उठ्न थालेपछि प्याब्सनले एसईईको ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न सरकारसंग आग्रह समेत गरेको छ ।
‘‘विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न प्याब्सन केन्द्रीय कार्य समिति उपयुक्त ठहर गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

