विद्यार्थी भर्ना नगर्न मन्त्रालयको निर्देशन

Avatar photo
Dhadingpost
बैशाख २२, २०७७

काठमाडौं बैशाख २२ । नेपाल सरकारको मन्त्रिस्तरीय वैठकले अर्को सूचना जारी नहुँदा सम्म विद्यालयलाई विद्यार्थी भर्ना नगर्न निर्देशन गरेको छ ।

सोमबार बसेको मन्त्रि स्तरीय बैठकको निर्णयलाई उल्लेख गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै विद्यार्थी भर्ना नगर्न निर्देशन गरेको हो ।

मन्त्रालयले अनलाईन पढन पाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्य समेत नर्गन समेत भनेको छ ।

मन्त्रालयले जारी गरेको विद्यार्थी भर्ना तथा परीक्षा सम्बन्धी विज्ञप्तीमा संस्थागत विद्यालयहरुले माध्यामिक तहको एक महिनाको शुल्क मध्य आवास शुल्क वाहेक अन्य सबै प्रकारको शुल्क छुट दिन समेत निर्देशन गरेको छ ।

२५ गते पछि लकडाउन खुकुलो हुने अड्कलवाजीका साथ धादिङका निजी विद्यालयहरुले सामाजिक दुरी कायम राखी वार्षिक परिक्षा फल र भर्ना सँगै गर्ने कार्यक्रमहरु राखेका थिए ।

मन्त्रलयले आज जारी गरेको सूचनाले वार्षिक परिक्षाको नतिजा प्रकाशन गर्ने नगर्ने केहि उल्लेख नगरेपनि भर्ना प्रक्रिया चाहि रोकेको छ ।

सूचना जारी गरि सकेका धादिङका विद्यालयहरुले अब यो सूचना अनुरुप वार्षिक परिक्षाको नतिजा सार्वजनिक गर्न पाउने भएपनि भर्ना भने स्थगित गर्नु पर्ने भएको छ ।

मन्त्रालयको उक्त सूचनामा कक्षा ११ र १२ को परिक्षाहरु स्थगित रहेको अवस्थामा मन्त्रालयबाट वस्तुस्थितिको सुक्ष्म अध्ययन र परामर्श लिने कार्य जारी रहेकोले परिक्षा संचालन सम्बन्धमा हाल कुनै पनि नयाँ निर्णय नभएको जनाएको छ ।

मन्त्रालयको पत्र जस्ताको तस्तैः

x