
काठमाडौं बैशाख २१ । नेपालमा एकैदिन १० जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार नेपालगञ्जमा ५ पुरुष र ४ जना महिला छन् । संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् । र आजैनेपालगञ्जमा एक जनामा संक्रमण देखिए सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १५ जना निको भएर घर फर्किएका छन् ।
नेपालगञ्जमा यसअघि एकजना धर्मगुरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यता वीरगञ्ज क्षेत्रमा मात्रै कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ पुगेको छ । वैशाख १४ गते पर्साको वीरगन्जस्थित छपकैयाकै २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस लगत्तै भोलिपल्ट उनीहरुको कन्ट्याक हिस्ट्री खोतल्दै जाँदा बाराको जीतपुरसिमराको क्वारेन्टाइनमा राखिएका थप २ पुरुष र वीरगन्जको छपकैयाका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो ।
उनीहरुसहित पर्सामा संक्रमितको संख्या आठ पुगेको थियो । पुनः आज भेटिएका संक्रमित व्यक्तिसहित अब पर्साको वीरगन्ज क्षेत्रमा मात्र संक्रमितको संख्या ९ पुगेको नारायणी अस्पतालले जनाएको छ ।
वीरगन्जमा गत चैत ३० मा पहिलो पटक भारतीय ३ जमातीमा कोरोना पुष्टि भई पर्सा कोरोना संक्रमित फेला पर्ने जिल्लाका रुपमा दर्ज भएको थियो । आइतबार आज संक्रमितसहित प्रदेश २ मा मात्र कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।

