नागढुंगा नाकामा ‘डिस्इन्फेक्सन टनेल’, सञ्चालन

Avatar photo
Dhadingpost
बैशाख १८, २०७७

धादिङ बैशाख १८ । काठमाडौंमा कोरोना भाइरस नभित्रियोस् भन्ने उद्देश्यका साथ गाडीहरुलाई निःसंक्रमण गर्न नागढुंगा नाकामा ‘डिस्इन्फेक्सन टनेल’ बनाईएको छ ।

काठमाडौं प्रवेस गर्ने मुख्य नाकाको रुपमा लिईने नागढुंगामा बनाईएको निःसंक्रमण गर्न ‘डिस्इन्फेक्सन टनेल’ शुक्रबारबाट संचालनमा आउने चन्द्रागिरी नगरपालिकाले जनाएको छ ।

अब यो नाकाबाट काठमाडौं भित्रिने गाडीहरु यही टनेलमार्फत गुड्नुपर्ने छ । टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ जसका कारण कोरोना भित्रिन रोक्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

टनेलको सुरक्षा र सञ्चालन महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले गर्नेछ । टनेल निर्माण पश्चात् राजधानी भित्रने सवै सवारी साधन निःसंक्रमण गर्न ‘डिस्इन्फेक्सन भए पछि मात्र राजधानी प्रवेश गर्न हुँदा कोरोना भाईरसको जोखिम कम हुने आशा गरिएको छ ।

काठमाडौंमा बिजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा टनेल निर्माण गरेको हो । चन्द्रागिरी नगरपालिकाले स्थान, पानीको ब्यवस्थापन सुरक्षाको प्रवद्र्धन गरेको मेयर घनश्याम गिरीले बताए ।

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले केन्द्र सरकार, चन्द्रागिरी नगरपालिकाबाट अनुमति लिएर ‘डिस्इन्फेक्सन टनेल’ बनाइएको र शुक्रबार औपचारिक रुपमा उद्घाटन हुने जनाएका छन् ।