गल्छी गैरागाउँबाट अवैध काठ सहित एक जना पक्राउ

Avatar photo
Dhadingpost
बैशाख १६, २०७७

धादिङ बैशाख १६ । बैरेनी सव डिभिजन वन कार्यलयले गल्छी गाउँपालिका ५ स्थित गैरागाउँबाट अवैध काठ सहित एकजनालाई पक्राउ गरेको छ ।

लकडाउनको समय पारि अवैध रुपमा सल्लाको रुप कटानी भएको विशेष सूचनाको आधारमा काठ सहित गाउँपालिका ५ स्थित गैरागाउँका स्थानीय पे्रमबहादुर तामाङलाई पक्राउ गरिएको धादिङका सहायक वन अधिकृत क्षेत्र विक्रम खाँडले धादिङपोष्टलाई बताए ।

अधिकृत खाँडका अनुसार तामाङलाई ३५ थान सल्लाको गोलिया (११६.६८ क्युफिट) पक्राउ गरिएको र तामाङलाई वन ऐन अनुसार कार्वाहीका लागि मंगलबार डिभिजन वन कार्यालय धादिङमा पठाईएको छ ।

बैरेनी सव डिभिजन वन कार्यलयले आफ्नो क्षेत्रमा रहेका वनहरुमा निगरानी गरि रहेको र अवैध वन फडानी, डडेलो लगाउने जस्ता गतिविधि गर्नेलाई कडाई कार्वाही गरिने समेत अधिकृत खाँडले बताए ।

सम्बधित यस अघिका समाचारहरु

बैरेनीमा जलवायु परिवर्तन सम्बन्धी तालिम

सामुदायीक वनको काठ चोरी गर्ने बयलकोटी फरार