धादिङका ऋषि कडरिया रोट्याक क्लवको अध्यक्षमा चयन

Avatar photo
Dhadingpost
बैशाख १४, २०७७

धादिङ बैशाख १३ । धादिङ नीलकण्ठ १० जयमरुङका ऋषि कडेरिया रोट्यक क्लब अफ रुद्रमति बबरमहल काठमाडौं को बर्ष २०२०-२१ को अध्यक्षमा चयन भएका छन् ।

लकडाउनको कारण अनलाईन मा बसेको क्लबको अध्यक्ष दिपक न्यौपानेको अध्यक्षतामा बसेको क्लबको २२६ औ नियमित बैठकबाट उनी अध्यक्षमा चयन भएका हुन् ।

कडरिया धादिङ जिल्लामा जन्मिएर सामाजिक विकास र युवामैत्रि वातावरणको सम्भावनालाई बोकेर विभिन्न सामाजिक संघ संस्थामा सक्रिय एवम क्रियाशिल हुँदै आएका छन् ।

क्लवको अनलाईन बैठकले ऋषि कडरियाको अध्यक्ष रहने गरि २० सदस्यीय नयाँ कार्यसमिति समिति चयन गरेको छ । उपाध्यक्षमा पृथिवी श्रेष्ठ र प्रशान्त ओली, सचिवमा सुमित भट्ट, कोषाध्यक्षमा कमलेश यादव, सह-सचिवमा प्रजिता घिमिरे सह-कोषाध्यक्षमा भावना रेग्मी, क्लब सर्विस डाईरेक्टरमा आशिष श्रेष्ठ चयन भएका छन् ।

यस्तै प्रोफेसन्ल सर्विस डाइरेक्टरमा ऋषि पौडेल, कम्युनिटि सर्विस डाइरेक्टरमा मनोज पाठक, ईन्टरनेशनल सर्विस डाइरेक्टरमा सुदिप पाण्डे, स्यप कोडिनेटरमा रमेश नेपाल र पंकज धामि आईटि र ईडिटर आकाश कार्की, पव्लिक रिलेशन अफिसर दिपक सिंहधामी, मिडिया कोडिनेटर विनिषा सिवाकोटी, क्लव ईडिटर वर्षा सिवाकेटि चयन भएका छन् ।

x