धादिङका खेलकुद अध्यक्ष प्रताप राहात बाढ्न व्यस्त

Avatar photo
Dhadingpost
बैशाख १४, २०७७

धादिङ बैशाख १४ । जिल्ला खेलकुद बिकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले असाह्य र गरिव परिवारहरुलाई खाद्यान्न वितरण सुरु गरेका छन् ।

नीलकण्ठ नगरपालिकामा बसोबास गर्दै आएका गरिब, असहाय तथा अपाङ्गता भएका व्यक्तिहरुलाई अध्यक्ष तामाङले शिबार खाद्यान्न सामग्री वितरण गरेका छन् ।

जिल्लाका विभिन्न ठाउँहरुमा मास्क र सेनिटाईजर बाँडेर फर्किएका उनले कोरोना संक्रमण रोकथाम गर्न लागू गरिएको ‘लकडाउन’ लम्बिँदै जाँदा गरिब तथा विपन्नहरु समस्यामा पर्न थालेकोले खाद्यान्न वितरण सुरु गरेको बताए ।

खेलकुद परिषदबाट आएको राहात नभईै आफुले व्यक्तिगत रुपमा गरिब तथा विपन्नहरुलाई चामल, दाल, आलु, खाने तेल, नुन लगायतका सामग्री वितरण गरिएको धादिङपोष्टलाई बताए ।

खेलकुद विकासका सबै कार्यक्रमहरु अहिले स्थगित रहेकोले, कोरोना भाईसरको संक्रमणको जोखिम रोकथाममा सबै एकजुट हुनु पर्ने उनी बताउँछन् ।

अहिले हामी संकटमा छौं, यो अवस्था कस्ले कति धेरै सहयोग गर्ने भन्ने भन्दा पनि जस्ले जति सकिन्छ त्यति सहयोग गरि खाद्यान्न औषधी उपचार लगायतका क्षेत्रहरुमा देखिएका समस्या समस्या समाधान गर्न समेत उनले सम्पूर्ण क्लव, खेलकुल सँग आवद्ध संघ संस्थाहरुलाई आग्रह गरे ।

हरेक गाउँटोलमा छरिएर रहेका खेलाडीहरुलाई आफ्नो गाउँमा रहेका विपन्न परिवारहरुको पहिचान गरि खाद्यान्न संकटमा भोकै रहनु पर्ने अवस्था आएको देखिए तत्काल जिल्ला खेलकुद विकास समिति धादिङलाई खवर गर्न समेत अध्यक्ष तामाङले धादिङपोष्ट मार्फत आग्रह गरेका छन् ।