जो जहाँ छौं, त्यहि बसौं, बस रिजर्भ छैन -नेत्रावती डब्जोङ

Avatar photo
Dhadingpost
बैशाख ११, २०७७

धादिङ बैशाख ११ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका प्रमुख दुर्गा कुमार शाक्यले एक विज्ञप्ती जारी गर्दै, जो जहाँ छौं, त्यहि बसौं, घर आउन बस रिजर्भ नगरिएको बताएका छन् ।

प्रमुख शाक्यले विज्ञप्तीमा भनेका छन्, पालिकाबाट हाल सम्म कुनै पनि निर्णय जिल्ला बाहिर रहेको व्यक्तिहरुलाइ ल्याउने निर्णय गरेका छैनौ । जुन सुचना आएको छ, त्यो गाउँपालिका सँग कुनै समन्वय नगरेको हुँदा काठमान्डौ माछापोखरीबाट आउने बस कुनै पनि नेत्रावती डबजोङ नआउने सबैमा जानकारी गराउन चाहन्छु ।

गाउँपालिकाको फेसबुक पेज मार्फत उलन भनेका छन्- जो कोहिले त्यो निर्णय र ब्यबस्था गरेको हो भने त्यो निर्णय फिर्ता लिन आग्रह गर्दछु । किनकी जो सुरक्षित छ त्यो पनि असुरक्षित हुन सक्छ एक जना मात्र सङ्क्रमित व्यक्ति त्यो बस आयो भने पुरै गाडी भित्र बस्ने मानिस सङ्क्रमित हुने खतरा बढ्न सक्छ ।

सस्तो लोकप्रियताको लागि भावना बगेर यस्ता निर्णय र कार्य गर्दा महङ्गो मूल्य चुकाउनु पर्ने कुरा उचित ध्यान पुगोस । आज नेपालमा एक जनाबाट ४५ जना सङ्क्रण पुगिसक्यो ।त्यसकारण नेत्रावती डब्जोङ गाउँपालिकाको ध्यान दुई चार जना लाई उद्दार गर्ने बाहानामा सिङ्गो पालिकालाई खतरा बनाउन चाहान्न । यो नेत्रावती डबजोङ गाउँपालिकाको सुझाव सम्बन्धित सबैमा पुगोस भन्न चाहान्छौ ।

यस्तै उनले विज्ञप्ती मार्फत भनेका छन्- हाम्रो पालिकाको कुनै पनि व्यक्ति अलपत्र परेमा हाम्रो गाउँपालिकाले जनप्रतिनिधि कर्मचारीको नम्बर सूचना गरेका छौ उक्त नम्बरमा सम्पर्क गर्नहुन अनुरोध गर्दछु । हामी फरक ढङ्गबाट उद्दार गर्ने छौ ।

हामी हाम्रो पालिकाका कुनै पनि नागरिकलाई रोक र भोकबाट मर्न दिने छैनौ । जहाँ छ, त्यहा अलपत्र परेमा सम्बन्धित तहले ब्यबस्था नगरेको खण्डमा त्यस्को व्यवस्था हामी हाम्रो पालिकाले गर्ने ब्यहोरा सम्पुर्णमा सार्वजनिक गर्न चाहान्छु ।

x