निजी स्कुल बैशाख १५ गतेबाट खुल्ने

Avatar photo
Dhadingpost
बैशाख ९, २०७७

काठमाडौं बैशाख ९ । चैत ६ गतेबाट विद्यालय बन्द भएका निजी विद्यालय बैशाख १५ गतेबाट खुल्ने भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइनेसन नेपाल-प्याब्सनका अध्यक्ष टीकाराम पुरीले लकडाउन लम्बिए वा नलम्बिए पनि यही १५ गतेबाट विद्यालय खुल्ने बताएका हुन् ।

कोरोना संक्रमणका कारण करिब एक महिनादेखि देशभरका विद्यालयका परीक्षा र भर्ना लगायतका सम्पूर्ण कामहरु रोकिए सँगै अध्यक्ष पुरीले १५ गतबाट विद्यालय खुल्ने बताएका हुन् । अधिकांश विद्यालयले कक्षा १–९ को परीक्षा सम्पन्न गरे पनि परीक्षाफल प्रकाशित गर्न पाएका छैनन् ।

x