लकडाउन बैशाख १५ सम्म लम्बियो

Avatar photo
Dhadingpost
बैशाख २, २०७७

काठमाडौं बैशाख २ । सरकारले कोरोना भाईरस संक्रमण रोकथामका लागि बैशाख १५ गते सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठककले चैत ११ देखि जारी लकडाउनलाई बैशाख १५ सम्म लम्ब्याउने निर्णय लिएको हो ।

हालसम्म नेपालमा १६ जना कोरोना संक्रमित भेटिइसकेका छन् भने मंगलबारमात्रै राजधानीको सनसिटी अपार्टमेन्टमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोमबार पनि कैलाली र रौतहटमा थप एकएक जनामा कोरोना भाइरसको संक्रमित भेटिएका थिए ।

x