
काठमाडौं बैशाख १ । रौतहटका एक १९ वर्षिय युवकलाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १४ पुगेको छ ।
क्वारेन्टाइनमा राखिएका ती युवकको थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो ।
पालमा हालसम्म भेटिएका १४ संक्रमितमध्ये कैलालीको सेती अञ्चल अस्पतालमा ५ जना, वीरगञ्जको नारायणी अस्पतालमा तीनजना, बागलुङको अस्पतालमा २ जना र काठमाडौंको अस्पतालमा २ जना रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार विदेशबाट आएका ती रौतहटका युवकलाई क्वारेन्टाइनमा राखिएको थियो। कोरोना आशंकमा जाँच गर्दा सोमबार ती युवकको रिपोर्ट पोजेटिभ आएको हो ।

