
धादिङ चैत्र ३० । नीलकण्ठ नगरपालिका ५ स्थित देउराली (साविकको खाल्टे ६) र वडा नं. ६ को भोर्लेमा आरडीटी विधि मार्फत् ५० जनामा गरिएको कोरोना परीक्षणमा सबै रिपोर्टहरु नेगेटिभ आएको छ ।
बैदेशिक रोजगारीबाट फर्किएका नीलकण्ठ ५ देउरालीको ४० जनामा आईतबार गरिएको कोरोना भाईरसको द्रुत जाँच प्रविधि र्यापिड टेष्टको नतिजा सबै नेगेटिभ आएको वडा अध्यक्ष रामकुमार श्रेष्ठले धादिङपोष्टलाई बताए ।
यस्तै नीलकण्ठ नगरपालिकाले विदेशबाट आएका १० जनाको परिक्षण् शनिबार नै गरेको थियो उनीहरुको पनि रिपोर्ट नेगेटिभ नै आएको थियो ।

