
धादिङबेसी चैत्र २७ । धादिङबेसी स्थित पुछारबजार (एमाले चोक) नजिकै रहेको एक होटलबाट जुवाखेली रहेको अवस्थामा प्रहरीले छापामारी ६ जनालाई पक्राउ गरेको छ ।
लकडाउनको समयमा एक होटलमा जम्मा भएर जुवाको खेल भै रहेको विशेष सूचनाको आधारमा ६ जनालाई पक्राउ गरि अनुसन्धान सुरुभएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्याल धादिङका प्रमुख रविन्द्र रेग्मीका अनुसार धादिङबेसीमा लकडाउनको समयमा जुवा खेली रहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको र कानुन बमोजि कार्वाही गरिने धादिङपोष्टलाई बताए ।
अब जुवातास खेल्नेलाई मात्र हैन, लकडाउन उल्लङ्गन गर्ने, लगायतका अपराध जन्य क्रियाकलापमा संलग्न जोकोहीलाई पनि कडाईका साथ कार्वाही गर्ने योजनाका साथ प्रहरी परिचालन गरिएको समेत प्रमुख रेग्मीले बताए ।

