गल्छीको क्वारेन्टाईन रहेका १७ जनालाई घर पठाईयो

Avatar photo
Dhadingpost
चैत्र २५, २०७६

धादिङ चैत्र २५ । धादिङको गल्छी गाउँपालिका स्थित बागेश्वरी माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाईनमा रहेका १७ जनालाई घर पठाईएको छ ।

भारतको विभिन्न ठाउँबाट चैत्र १२ गते घर फर्किएको उनिहरुलाई संभावित कोराना भाईरसको संक्रमणलाई ख्याल गर्दै गाउँपालिकाले क्वारेन्टाईनमा राखेका थियो ।

उनीहरुमा १४ दिन क्वारेन्टाईनमा राख्दा स्वास्थ्यमा समस्या नदेखिए पछि घर पठाईएको गाउँपालिकाले जनाएको छ ।

बागेश्वरी माध्यमिक विद्यालय गल्छिमा स्थापना गरिएको क्वारेन्टाईन कक्षमा तत्कालको लागि २५ जना राख्न मिल्ने गरी बनाईएको गाउँपालिकाले जनाएको छ । तस्वीरः शिव पौडेल