बुढाथुममा जिल्ला बाहिरका ७६ जनालाई खाद्यान्न वितरण

Avatar photo
Dhadingpost
चैत्र २५, २०७६

धादिङ चैत्र २५ । धादिङको गंगानमुना गाउँपालिकाले बुढाथुमका रहेका जिल्ला बाहिरबाट आएर मजदुरी गर्ने ७६ जनालाई राहात स्वरुप खाद्यान्न सामाग्री प्रदान गरेको छ ।

शनिबार र सोमबार दुई दिन गरेर भारत, सिराह, सप्तरीबाट भवन निमार्ण लगायतका लागि बुढाथुममा रहेका ७६ जना मजदुरहरुलाई २५ केजी चामल, ३ केजी दाल, ३ केजी चिउरा, १ केजी नुन, एक लिटर तेल सेनीटाईज र साबुन वितरण गरिएको बुढाथुबाट शिक्षक चुडामणि अधिकारीले धादिङपोष्टलाई बताए ।

अधिकारीका अनुसार सोमबार बसेको वडाको बैठकले बुढाथुकमे स्थानीय मजदुरी गर्ने र गरीवीका कारण खाद्यान्न संकटमा रहेका १७१ जना व्यक्तिहरु राहात दिने निर्णय भएको छ ।

x