
धादिङ चैत्र २४ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिकाले सबै वडाहरुमा गरिव असाह्य र ज्यालादारी मजदुरहरुलाई खाद्यान्न राहात सामाग्री वितरण गरेको बताएको छ ।
नेत्रावती डब्जोङमा रहेका २ सय ९४ जना गरिव असाह्य र ज्यालादारी मजदुरहरुलाई पहिलो चरणको खाद्यान्न राहात सामाग्री वितरण गरिएको स्वास्थ्य संयोजक कृष्णबहादुर पाैडेलले धादिङपोष्टलाई बताए ।
संयोजक पाैडेलका अनुसार ५ जना भन्दा माथि रहेका व्यक्तिहरुलाई २५ केजी चामाल र त्यो भन्दा कम संख्या रहेको परिवारलाई १५ केजी चामलको साथमा नुन, तेल र दाल वितरण गरिएको थियो ।

राहात लिनेमा वडा नं. १ मा ५९ जना, २मा ८० जना, ३ मा ३४ जना, ४ मा ७५ जना र ५ मा ४६ जना रहेका संयोजक पाैडेलले बताए । तस्वीर शंकर अधिकारी

