
धादिङ चैत्र २४ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ११ का अध्यक्ष तिलक थापामगरले लकढाउन अवधीभर राहत नबाड्ने बताएका छन् ।
उनले आफ्नो सामाजिक सन्जालमा पोष्ट गर्दै लकडाउन लम्बियो र भोकमरीको अवस्था आयो भने मेस चलाएर टन्न दालभात खुवाईने तर राहात नबाडिने बताएका हुन् ।
आईतबार नीलकण्ठ नगरपालिकाको कार्यपालिका बैठकले लकडाउनका कारण अप्ठेरोमा परेका नगर क्षेत्रका श्रमिक, असहाय तथा रोजीरोटीको समस्या भएका ब्यक्तिहरुलाई १४ वटै वडामा संकलित विवरणको आधारमा विहान बेलुका निःशुल्क भोजनको ब्यवस्था गर्ने निर्णय गरे सँगै वडा अध्यक्ष थापाले सोमबार आफ्नो फेसबुकमा राहत बाढिन्न, बरु मेस चलाईन्छ भनेर लेखेका हुन् ।

गरिव असाह्य, विपन्नलाई लकडाउनले कस्टकर बनाएकोले खाद्यन्न राहात वितरण गर्न संघीय सरकारले मापदण्ड नै बनाएर स्थानीय तहमा पठाएको छ ।
बेनिघाट रोराङ लगायतका गाउँपालिकाहरुले मजदुर, विपन्न परिवार र असाह्यहरुलाई खाद्यान्न राहात वितरण गर्न सुरु गरि सकेका छन् भने नीलकण्ठ नगरपालिकाका अन्य वडाहरुले पनि राहात दिनु पर्ने परिवारहरुको लागत संकलन गरिरहेको छ ।

