होसियारी बनौं, कोभिड फैलदैन

Avatar photo
Dhadingpost
चैत्र २२, २०७६

कोरोना भाइरस लागेको बिरामीलाई भोलीको दिनमा पनि सामाजिक रुपले हेपिने हुनाले सार्वजनिक गर्न हुन्न भन्ने गलत धारणा रहेको पाइयो ।

यो रोग लागेकाहरु सामाजिक रुपमा वहिस्कारमा पर्ने, भोली साथीभाइले छि–छि, दुुर–दुर गर्ने, काम नपाइने, विवाह नहुने सम्मका कुराकानी पनि सुन्नमा आयो ।

यी सबै बिल्कुल गलत कुरा हुन् । यो भाइरस जस्लाई पनि लाग्छ । कसैलाई छानेर लाग्ने भएपो यस्तो सोच आउन पनि सक्छ । युकेका महारानी र प्रधानमन्त्रीलाइ नै लागेको छ तर उनीहरु महारानी र प्रधानमन्त्री नै छन्, त्यसो भएत उनीहरु त्यहि दिनबाट पदमुक्त हुन पर्ने । बहिस्कार हुने र छि–छि, दुर–दुर हुनेलाई यति धेरै खर्च गरेर, उपचार गरेर किन बचाउथे होलात ? तपाइंको जीवनको एकएक पलको महत्व छ, त्यसैले त उपचार गराइ रहेको छ ।

मेडिसिन क्षेत्र भन्दा बाहिरका हामी जस्तालाई टेक्निकल्ली थाहा नभए पनि यो भाइरस एक प्रकारको निमोनिया हो, उपचार भएपछि तपाई जस्ताको तस्तै, रुघाखोकी लागेर निको भएपछि जे हुन्छ तपाईको जीवन उस्तै हुने हो । सबै सामान्य हुन्छ । फेरी यस्को उपचार नै नभएको होइन, विश्वव्यापि दिनदिनै हजारौंको संख्यामा उपचार गरेर बाहिर निस्किरहेका छन् ।

एक्कासी धेरैलाई फैलिएकाले यसले आतंक मच्चाएको हो तर एक एकमा हेर्ने हो भने, यो निमोनिया जस्तै हो उपचार पछि ठिक हुन्छ । सामान्य भाइरल रुघाखोकी ज्वरोले पनि विश्वमा वार्षिक रुपमा थुप्रै मानिसरु मर्छन् । चाइनाको वुहानमा हेर्ने हो भने त्यति धेरै संक्रमित थिए, कन्ट्रोल भयो अब सबै काममा फर्किएको देखि हाल्नु भयो ।

त्यसैले सबैजना यो हिनताबोधबाट मुक्त हुन पर्छ र शंका लागेमा परिवारमा वा समुदायमा जानाकारी दिनुपर्छ । आफुलाई शंका लाग्नासाथ घरमै पनि स्वतः रेन्टाइनमा (अलग्गै) कोठामा बस्नु पर्छ । अलग्गै बस्ने ठाउं छैन भने तुरुन्त बाहिर निस्केर समुदायलाई बेल्जियम जस्तो देशमा राज्यलाई, नेपालमा आफु रहेको समुदायलाई खबर गर्नुपर्छ । उनीहरुले व्यवस्था गरि हाल्छन् । सार्वजनिक गर्दिना साथ तपाइले कहिले देखि को–को संग नजिक हुनु भएको थियो, हात मिलाउनु भएको थियो, संगै बसेर खाना खानु भएको थियो, यात्रा गर्नु भएको थियो, काम गर्नुभएको थियो सबै होसीयार हुन्छन् ।

तपाइंलाई ओहो यति धेरै मानिसलाई भेटेको छु सबैंलाई दुःख हुन्छ नभन्नु होला भन्ने लाग्न सक्छ । यो नै कोभिड फैलने प्रमुख कारण हो ।

किनकी केही समय यो भाइरस सुषुप्त रहेर पनि सरि रहन सक्ने हुनाले मान्ने, जानकारी भैसकेकाले आफुलाई र घर परिबारलाई अनावश्यक फोन कल नाउने पनि हुन्छ किनकी केही समय यो भाइरस सुषुप्त रहेर पनि सरिरहन सक्ने हुनाले तपाइंले भेटेका मानिसहरुले अरुलाई निर्धक्क सारिरहेका हुन्छन् ।

यदि तपाइंले सार्वजनिक जानाकारी दिनुभो भने तपाइसँग दुई हप्ता अगाडी देखि भेट भएका सबैले आफुलाई क्वारेन्टाइनमा राख्दै टेष्ट गर्न जान्छन् । अनि एक–एक गरेर छुट्टिएर बसेपछि संक्रमण फैलंदैन ।

तपाइले जानाकारी दिदा तपाइको घर परिवार र पुरा समुदाय सुरक्षित हुन्छ र तपाइं स्वार्थी हुंदा पुरै समुदायलाई खतरा हुन्छ । त्यसैले यो भाइरस लागेको शंका हुना साथ सेकेन्ड ढिलो नगरी परिवारसंग छुट्टै बस्ने, सार्वजनिक गरिहाल्ने र टेष्ट र उपचारको लागि पहल गरिहाल्नु पर्छ ।

बेल्जियममा कोरोना संक्रमणको उपचारको लागि कुनै खर्च लाग्दैन । मात्र टेष्ट गर्ने र उपचार गर्ने कुरालाई कसरी छिटो पहल गर्ने भन्ने नै हो । बेल्जियमको एक अस्पतालमा शंकास्पद सबैले सिधै कोरोना टेष्ट गर्न पाउने र संक्रमित भएमा त्यो टिमका डक्टरहरुको सुझाव अनुसार हस्पिटल भर्ना गर्नेगरि कुराकानी गरिएको छ । त्यसैले शंकास्पद तर टेष्ट र अस्पतालमा पहुंच नहुनेले निसंकोच सम्पर्क गरिहाल्नु होला ।

नेपालमा पनि हरेक प्रदेशमा संक्रमणको रिपोर्ट लिने व्यवस्था मिलाईएको छ भने हरेक गाउँपालिकामा क्वारेन्टाईनको व्यवस्था गरिएको छ । सरकार पुरै संक्रमण रोक्न लागि रहेको अवस्था छ अब पालो तपाई हाम्रो घर भित्र रहौं, कोरोना भाईरसबाछ बचौं । समस्या आईहाले नजिकको स्वास्थ्य केन्द्रहरुमा सम्पर्क गरौं । हामी तपाईहरूको साथमा छौ ।

(धादिङ बुढाथुम निवासी लेखक दाहाल बेल्जियमबा बस्छन् । उनी हाल गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिको सहकोषाध्यक्ष समेत हुन्)