ज्वालामुखीमा अवैध काठ सहित ट्रक प्रहरीको नियन्त्रणमा

Avatar photo
Dhadingpost
चैत्र २१, २०७६

धादिङ चैत्र २१ । धादिङको ज्वालामुखी गाउँपालिकामा काठ सहित काठ बोक्ने स्वराज ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ज्वालामुखी गाउँपालिका १ को मैदी र खरीको सिमानामा रहेको ढल्पु सामुदायीक वनबाट ल्याईदै गरेको सालको काठ र ट्रक बरामद गरेको प्रहरीले जनाएको छ ।

चिरान गरेका ३७ थान (६०.७३ क्यूफिट) सालको काठ र बा ४ ख १७२७ बा ४ ख १७२७ नम्बरको स्वराज ट्रकलाई नियन्त्रणमा लिएपनि काठ ओसार प्रसारमा संग्लन हुने र ट्रक चालक तथा धनी फरार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले बताए ।

x