
धादिङ चैत्र २१ । सामाजिक क्षेत्रमा सहयोग गर्दै आई रहेको टुकी नेपालले धादिङको नीलकण्ठ नगरपालिकालाई पीपीई सेट, सेनिटाईज र माक्स प्रदान गरेको छ ।
कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा उपचारका लागि अत्यावश्यक पिपिई सेट सहित स्वास्थ्य सामग्री बिहिबार टुकी नेपालले नीलकण्ठ नगरपालिकालाई प्रदान गरेको हो ।
टुकी नेपालले प्रदान गरेको २५ सेट पिपिई, ५ हजार माक्स, २ सय सेनिटाईजर र एक हजार साबुन नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्याल र स्वास्थ्य संयोजक विष्णु रिजालले बुझेका हुन् ।
धादिङपोष्ट सँग कुरा गर्दै नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गानाले नगरलाई अत्यावश्यक र अभाव भैरहेको बेला पिपिई सेट सहित स्वास्थ्य सामाग्री दिएकोमा खुसी व्यक्त गरे । सामाजिक क्षेत्रमा गर्ने योगदान विपदमा झनै महत्वहुने भन्दै टुकी नेपालको सहयोग महत्वपूर्ण रहेको ढुङ्गानाले बताए ।
स्वाथ्य र शिक्षा क्षेत्रमा योगदान गर्दै आएको टुकी नेपालका अध्यक्ष एवम् सामाजसेवी कमल सापकोटाले बजारमा स्वास्थ्य सामाग्री अभाव रहेकोले खरीद प्रक्रिया सँगै हस्तान्तरण ढिलो हुन गएपनि यो सहयोगले थोरै भएपनि राहत हुने आशा गरे ।
अध्यक्ष सापकोटाका अनुसार २५ सेट पीपीई नीलकण्ठ नगरापालिका भित्रका स्वस्थ्य संस्थाहरुलाई हो भने, नीलकण्ठ १० ज्यामरुङमा एक घर १ सेनिटाईजन वा साबुव र १ व्यक्ति एक माक्स प्रदान गरिने छ ।
