
संसोन तामाङ
धादिङ चैत्र २० । धादिङको खनियाबास २ र ३ दार्खाका प्रत्येक घरपरिवारलाई स्थानीय सेकेमान तामाङले कोरोना भाईरसको जोखिम रोकथामको लागि सेनिटाईजर, साबुन र माक्स वितरण सुरु गरेका छन् ।
सामाजिक कार्यमा रुचि राख्ने सेकेमानले खनियाबास दार्खाको ब्रिचेत, छदम, सल्लेरी, घम्सा लगायतका ठाउँहरुमा प्रत्येक घरमा सेनिटाईजर, साबुन र माक्स वितरण गरेका हुन् ।
विश्वव्यापी बनि रहेको कोरोना भाईसरबाट जोगिनका लागि ग्रामिण क्षेत्रहरुमा अत्यावश्यक सामानहरु सेनिटाईजर, साबुन र माक्स अभाव देखिएकोले आफु जन्मेको ठाउँमा यो बेला सहयोग नगरे कहिले गर्ने भन्ने सोच आयो र वितरण गरिएको सेकेमानले धादिङपोष्टलाई बताए ।
यो मेरो प्रयास सिंगो खनियाबास गाउँपालिकालाई समेट्ने हो, तर सामानको अभाव भएकोले हाललाई दार्खामा वितरण सुरु गरिएको हो र समान पाईयो भने अन्यत्र पनि वितरण गर्ने योजना रहेको तामाङले बताए ।

