
धादिङ चैत्र १९ । बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले मंगलबार प्रदेशवासीको नाममा सम्बोधन गरेका छन् ।
सम्बोधनमा मुख्यमन्त्री पौडेलले कोरोना भाइरस (कोभिड १९) को महामारीबाट बच्न बागमती प्रदेश सरकार तयारीका विषयमा जानकारी गराएका थिए ।
सम्बोधनमा पौडेलले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि बागमती सरकारले ५० करोडको कोष स्थापना गरेको बताएका थिए ।
सम्बोधनमा पौडेलले कोरोना अस्पताल, आइसोलेसन वार्ड निर्माण, क्वारेन्टाइन निर्माण, स्वास्थ्यकर्मीको लागि आवश्यक उपकरण, थर्मल गन, आइसियु र भेन्टिलेटरको व्यवस्था एवं औषधि तथा उपकरणको प्रबन्ध गर्ने आधारभूत कार्य सम्पन्न गरेको बताए ।
