थाँक्रे गाउँपालिकामा १४ जना विदेशबाट आए

Avatar photo
Dhadingpost
चैत्र १७, २०७६

विकास भण्डारी

धादिङ चैत्र १७ । धादिङको थाँक्रे गाउँपालिकाले १३ जना भारत लगायत अन्य मुलुकबाट घर फर्किएको विवरण सार्वजनिक गरेको छ ।

सरकारले विदेशबाट घर फर्किएकाहरुको तथ्याङ्क संकलन गरि तत्काल क्वारेन्टाइनमा राख्न कडा निर्देशन दिए सँगै थाँक्रे गाउँपालिकाले १३ जना विदेशबाट आएको विवरण सार्वजनिक गरेको हो ।

विदेशबाट आएका सबै सकुशल रहेको र सबैजना क्वारेन्टाइन र होम क्वारेटाइनमा राखिएको समेत थाँक्रेले जनाएको छ ।

थाँक्रेले सार्वजनिक गरेको विवरण अनुसार ७ जना भारतबाट ३ जना दुबईबाट, जापानबाट १ जना, कोरियाबाट १ जना र साउदीबाट १ जना गरि १३ जना रहेका छन् ।

विदेशबाट आएका नेत्रावती डब्जोङ गाउँपालिकाका एक युवक कोरोना भाईरस संक्रमित भए सँगै जिल्लाभरका स्थानीय तहहरुले विदेशबाट आएकाहरुको निग्रानीलाई महत्व दिएको देखिन्छ ।

कोरोना भाइरसबाट बच्ने उपायहरु:
१. बेला बेलामा मिची मिची साबुन पानीले हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने । घरमा पहिल्यै भएका कुनै पनि सरसामान बाहेक बाहिरबाट ल्याएका कुनै पनि सामान छोए पछी हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।
२. खोक्दा, हाच्छींउ गर्दा नाक, मुख, कपडा टिस्यु पेपर वा कुहिनाले छोप्ने, ताकी थुकका छिटा अरुलाई नसरोस ।
३. मास्क लगाएर बस्ने ।
४. हात मिलाउनु वा अंकमाल गर्नुको सट्टा नमस्कार गर्ने ।
५. भिडभाडमा नजाने ।
६. ज्वरो आएमा वा खोकी लागेमा वा श्वास फेर्न अप्ठ्यारो भएमा नजिकको स्वास्थ्य केन्द्रमा संपर्क गर्ने ।
७. यो भाईरसको मुख्य उपचार नै यो लाग्न नदिनु हो तसर्थ यो सर्न सक्ने बाटोलाई ध्वस्त गर्नु नै हाम्रो पहिलो जिम्मेवारी हो र केही गरी यो भाईरसले शरीरमा प्रबेस गरेर लक्षण देखिएमा पनि आत्तिनु हुन्न र अरुलाई सार्न हुंदैन, जसको लागि गरिने उपायहरुको पालना गर्नु पर्दछ ।
८. स्वास्थ्यकर्मीहरु यो भाईरसलाई पराजित गर्न यसको विरुद्धमा युद्धको मैदानमा छन । सरकार युद्धका सामाग्री ब्यबस्थापनमा लागेको छ, हामी जनताले युद्धको बेलामा झैं गरी नियम पालना गर्नु पर्दछ ।