
धादिङ चैत्र १७ । धादिङका एम्बुलेन्स चालक र सोसियल भोलेन्टियरले आफ्नै खर्चमा स्वास्थ्य सुरक्षा सामाग्री (पीपीई) तयार गरेका छन् ।
संयुक्त एम्बुलेन्स चालक समाज नेपाल धादिङ र धादिङ सोसियल भोलिन्टियर नेपालले व्यक्तिगत रुपमा पैसा उठाएर स्थानीय स्तरमै पीपीई उत्पादन गरी कोरोना भाईरसका बिरामीको उद्दारका लागि तयारी अवस्थामा रहेको बताए ।
संयुक्त एम्बुलेन्स चालक समाज नेपाल धादिङ अध्यक्ष भेषराज ठकुरीका अनुसार जिल्लाका ५६ एम्बुलेन्सका चालकका र सोसियल भोलिन्टियर नेपालका प्रतिनिधीलाई ९० सेट पिपिई वितरण गरिएको छ ।
स्वास्थ्य कार्यालय धादिङको अनुमती लिएर यो पहिलो चरणमा करिव १ लाख ५० हजार बराबरको पिपिई सेट स्थानिय स्तरमै उत्पादन गरिएको अध्यक्ष ठकुरीले धादिङपोष्टलाई बताए ।

