कोरोना आशंका गरिएका खनियाबासका एक युवकको मृत्यु

Avatar photo
Dhadingpost
चैत्र १७, २०७६

धादिङ चैत्र १७ । धादिङको खनियाबास गाउँपालिकाका एक युवकको लतिलपुर स्थित पाटन अस्पतालमा मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण मृत्यू भएको हुन सक्ने आशंका गरिएका ति ३४ वर्षिय युवकलाई पाटन अस्पतालमा उपचारका लागि आइसीयूमा राखिएको थियो ।

पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि नभइ सकेको बताएका छन् ।

डा. शर्माका अनुसार ज्वरो अत्यधिक रहेपछि कोरोनाको संक्रमण भएको आशंका गरेर नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको भएपनि रिपोर्ट भने आइनसकेको उनको भनाइ छ ।

तामाङ थरका ती युवक चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका थिए । तामाङको सोमबार मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी दुर्गा सिंहले पुष्टि गरिन् ।