
धादिङ चैत्र १७ । धादिङका प्रदेश सांसद डा. रामकुमार अधिकारीले लकडाउनको यो एक साता १७ वटा भन्दा बढी विश्व चर्चित पुस्तकहरु पढि सेकका छन् ।
लकडाउनको समय घरबाट बाहिर निस्कन नपाउँदा जनप्रतिनिधी देखि स्थानीयहरु सबै घर भित्र रहँदा कसरी दैनिकीलाई सहज बनाउने महत्वपूूर्ण कुरा रहेको, बताउँने सांसद अधिकारीले आईतबार आफुले पढेको पुस्तको नाम समेत उल्लेख गर्दै सामाजिक संजालमा पोष्ट गरेका हुन् ।
पोष्टको अन्तिममा उनले कोरोना भाईरसको मुख्य उपचार नै यो लाग्न नदिनु हो तसर्थ यो सर्न सक्ने बाटोलाई ध्वस्त गर्नु रहेको बताएका छन् ।
सांसद डा. रामकुमार अधिकारी आफ्नो फेसबुकमा लेख्छन्-
आदरणीय मित्रहरु,
मैले यो लकडाउनको पाँचौ दिन सम्ममा निम्न ब्यक्तिहरुको जिबनी अध्ययन गरें। .
१. अल्बर्ट ब्रुस सविन, जसले ओरल पोलिओ भ्याक्सिनको आविस्कार गरे ।
२. बरुच ब्लुम्बर्ग, जसले हेपाटाइटिस ‘बि’ भाइरस बिरुध्धको भ्याक्सिनको आविस्कार गरे ।
३. माउरिस राल्फ हिल्म्यान जसले दादुरा, हांडे, हेपाटाटिस ‘ए’ लगायताका धेरै रोग विरुद्धको भ्याक्सिनको आविस्कार गरे ।
४. डेस्कोम्बी, जसले टिटानस विरुद्धको भ्याक्सिनको आविस्कार गरे ।
५. इडवार्ड जेनर, जसले बिफर बिरुध्धको भ्याक्सिनको आविस्कार गरे ।
६. अल्बर्ट काल्मेट र कामिली ग्युरिन, जसले टि.बि. विरुद्धको भ्याक्सिनको आविस्कार गरे ।
७. बिलियम कोनार्ड रोन्ट्जेन, जसले X-Ray को आविस्कार गरे ।
त्यसैगरी सर आइज्याक न्युटन, अल्बर्ट आइन्स्टाइन, क्युरी, लुइस पास्चर, स्टेफिन फ्लेमिङ, फाराडे, निल बोर, डर्विन, मेन्डल जस्ता बिश्वका महान बैज्ञानिकहरुको जिबनी र संघर्ष पढ्ने मौका पांए ।
शीत युद्धको उत्कर्षको समयमा १२ अप्रिल १९६१ मा तत्कालिन USSR का बैज्ञानिकहरुले भोस्टोक-१ यानमा युरी गाग्रिनलाई अन्तरिक्षमा पठाइ मानब ईतिहासमै पहिलो पटक Earth को अर्बिटमा घुमेर आबिस्कारमा USA लाई चुनौती दिए र शीत युद्धमा USSR अगाडि छ भन्ने पुस्टि गरे । जुलाई २०,१९६९ मा USA का तीन बैज्ञानिकहरु निल आर्मस्ट्रङ र बज अल्ड्रिन चन्द्रमामा पाइला टेक्न सफल भएका थिए र माइकल कोलिन भने चन्द्रमाको कक्षमा रहेका थिए । यिनिहरुको जिबनी र बि.बि.सी लाई माइकल कोलिनले दिनु भएको लामो अन्तरवार्ता पढ्ने मौका पाए ।
आफु पनि एक जनस्वास्थ्यको बिज्ञको नाताले कोरोना भाईरसको बारेमा र एसको खोप पत्ता लाग्ने सम्भाबनाको बारेमा गहन अध्ययन गरें । तर तुरुन्त खोप पत्ता लाग्ने संभाबना देखिएन । तसर्थ हाललाई लक डाउनको बेलामा सबैले घर भित्र बसेर नै एक अर्कालाई बचाउने हो तसर्थ के होला र भनेर बाहिर निस्कने वा नियमहरु पालना नगर्ने काम कदापी गर्नु हुंदैन ।
कोरोना भाइरसबाट बच्ने उपाएहरु
१. बेला बेलामा मिची मिची साबुन पानीले हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने। घरमा पहिल्यै भएका कुनै पनि सरसामान बाहेक बाहिर बाट ल्याएका कुनै पनि सामान छोए पछी साबुन पानीले हात धुने ।
२. खोक्दा, हाच्छींउ गर्दा नाक, मुख कपडा, टिस्यु पेपर वा कुहिनाले छोप्ने, ताकी थुकका छिटा अरुलाई नसरोस ।
३. मास्क लगाएर बस्ने ।
४. हात मिलाउनु वा अंकमाल गर्नुको सट्टा नमस्कार गर्ने ।
५. भिडभाडमा नजाने ।
६. ज्वरो आएमा वा खोकी लागेमा वा श्वास फेर्न अप्ठ्यारो भएमा नजिकको स्वास्थ्य केन्द्रमा संपर्क गर्ने ।
७. यो भाईरसको मुख्य उपचार नै यो लाग्न नदिनु हो तसर्थ यो सर्न सक्ने बाटोलाई ध्वस्त गर्नु नै हाम्रो पहिलो जिम्मेवारी हो र केही गरी यो भाईरसले शरीरमा प्रबेस गरेर लक्षण देखिएमा पनि आत्तिनु हुन्न र अरुलाई सार्न हुंदैन, जसको लागि गरिने उपायहरु को पालना गर्नु पर्दछ ।
८. स्वास्थ्य कर्मिहरु यो भाईरस लाई पराजित गर्न एसको बिरुध्द्धमा युध्धको मैदानमा छन । सरकार युध्धका सामाग्री ब्यबस्थापनमा लागेको छ, हामी जनताले युध्ध्को बेलामा झैं गरी बाहिर ननीस्की नियम पालना गर्नु पर्दछ ।
प्रकृतिमा हरेक बस्तुको जिबन चक्र हुन्छ । प्रकृतिले बिस्तारै यो भाईरसको बिरुध्ध प्रतिरोध सुरु गर्ने छ । आम मानिशको बिबेक, सरकारको गहन पहल, स्वास्थ्य कर्मिको लगातारको प्रत्याक्रमण र प्रकृतिको प्रतिरोधले यो भाईरस बिस्तारै निस्क्रिय हुन थाल्ने छ । तसर्थ लक डाउनलाई हेलचेक्र्यांइ नगरी सरकारको कदमलाई पूर्ण सहयोग गर्न अनुरोध गर्दछु ।

