धादिङमा ईट्टा उद्योगका मजदुरलाई खाद्यान्न संकट

Avatar photo
Dhadingpost
चैत्र १६, २०७६

धादिङ चैत्र १६ । ईट्टा उद्योगका मजदुरहरुलाई लकडाउनले दैनिक रुपमा खाद्यान्नको संकटको कारण भोकभोकै रहनु पर्ने अवस्था सृजना भएको छ ।

कोभिड १९ अर्थात कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिरहेको अवस्थामा जिल्लामा संचालित ईट्टा उद्योग वन्द भए पछि यस्तो अवस्था भोकभोकै बस्नु पर्ने अवस्था सिर्जना भएको हो ।

न मजदुरहरु घर जान सक्ने वातावरण बनेको छ न त काम गर्ने काम गर्ने अवस्था सिर्जना भनेको छ । कोरोनाको डर त्रासले आम मानिस घर भित्र छन् तर यि मजदुरहरु भने रोगको त्रास भन्दा पनि बिहान बेलुकाको जोहो कसरी हुन्छ भन्ने चिन्तामा छन् ।

खलामा माटोको गोला छ । गोलासंगै मुछेको हिलो माटोको थुप्रो छ । त्यो संगै सानो बस्ने झ्याउली छ । खलामा काँचो ईट्टाको लस्कर त्यो हेर्दै बस्नु मजदुरहरुको दैनिकी बनेको छ ।

कोराना भाइरसले मरिन्छ भन्दा पनि भोको पेटले मर्ने चिन्ता यिनिमा छ । काम गरेको दिनमा त साहुले चुलो बालि दिन्छ काम नगरेको दिन त भोकै बस्नु पर्छ जालपा देबी ईट्टा उद्योगमा पथेरा काम गर्ने रोल्पा कि दिलमाया बुढाले आफ्फ्नो दुखेसो पोख्दै सुनाए ।

आफुहरुले उद्योगीहरुबाट हप्तामा बुझ्ने अनि रासन किन्ने गरि गुजारा गर्दै आएको तर अहिले उद्योग बन्द पछि ईट्टा लिन कुनै गाडी नआएकाले काम नभएको र उद्योगीले पनि नगद पैसा नभएकोले पैसा दिन नसकेको रोल्पा माडी गाउँपालिकाबाट थार्के गाउँपालिका वडा नं ७ एभरेस्ट ईट्टा उद्योग ईट्टा लोड गर्ने काम गर्दै आएका मजदुर पर्साराम परियार र रोल्पा कै जाल्पादेबि ईट्टा उद्योग धुनिबेसि वडा नं ६ का कामदार गोपाल घर्तीमगरले बताए ।

पर्साराम र गोपाल घर्तीमगर जस्तै सयौं मजदुरको अवस्था दयनीय रहेको स्थानीय सामाजिक संस्थामा कार्यरत सामाजिक कार्यकर्ता बिपना प्यकुरेलले बताउँछिन । केही दिनको लागि त जोहो गरिदिएका थिए साहुले अव के गर्ने ? उनीहरु भन्छन् काम नगरे कसरी हामीलाई रासन पानि देलान हिलो माटो छ ईट्टा पारेको भए पो खान पाइन्छ न त साहुले कहाँबाट दिने ती मजदुरले भने । रोल्पाबाट कामको लागि ३ छोरा छोरी सहित ५ जनाको परिवार यसै खलाको झुपडीमा वस्दै काम गर्दै आएका थिए ।

काम बन्द भएको एक साता हुन लाग्यो कति बन्द हुन्छ ? थाहा छैन आज सम्म त बिहान पकाए पछि बेलुका लागि समेत यही खाना खाने गरेको मजदुर बताउँछन् ।

जिल्लाको धुनिबेसि, निलकण्ठ नगरपालिका, गजुरी, सिद्धलेक, थार्के गाउँपालिकामा गरि ४२ वटा ईट्टा उद्योग दर्ता भई संचालन रहेका छन् । यी ईट्टा उद्योगहरुमा धादिङ जिल्ला लगायत रुकुम, रोल्पा, दाङ, रौतहट, सर्लाही, सिन्धुली लगायत जिल्ला र भारतबाट समेत गरि ६ हजार भन्दा बढी मजदुर कार्यरत रहेका छन् ।

ईट्टा उद्योगमा काम गर्ने कामदारहरुले सहज रुपमा आफ्नो गाउँ सम्म जाने वातावरण बनाई दिन उद्योगी र सरकारसँग माग गरेका छन् । गन्तव्यसम्म जान नसकुन्जेल खानपनको व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् ।

x