
धादिङबेसी चैत्र १५ । धादिङबेसी सदरमुकाममा भाईरस मार्न डिसइन्फेक्सन स्प्रे कीटनाशक औषधि छर्कन सुरुभएको छ ।
नीलकण्ठ नगरपालिकाले सदरमुकाममा डिसइन्फेक्सन स्प्रे कीटनाशक औषधि छर्न शनिबारबाट सुरु गरेको हो ।
विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई नगर क्षेत्र भित्र फैलिन नदिन डिसइन्फेक्सन स्प्रे कीटनाशक औषधि छर्न सुरु गरिएको नगर प्रमुख भिम ढुङ्गानाले बताए ।

नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालका अनुसार, आज मुख्य सडक पुछारजार देखि क्वारेन्टाई स्थल सम्म २ सय ५० लिटर कीटनाशक औषधि छरियो भने आईतबार ५ सय लिटर कीटनाशक औषधि आउने र क्लोरिन भाईरस समेत छरिने कार्यक्रम रहेको छ । तस्वीरः नारायणकुमार श्रेष्ठ





