
काठमाडौं चैत्र १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कोरोना भाईरस सँग जोगिन घरमा पनि कम्तीमा एक मिटर दुरीमा बस्न अपिल गरेको छन् ।
डा. कार्कीले पत्रकार सम्मेलन मार्फत भने हटिया या सार्वजनिक स्थानमा हिँड्दा पनि एक मिटर दूरीको शूत्रलाई पालना गर्न अपिल गरेका छन् । घरमा बस्दा पनि कृपया एक मिटर दूरीको नियम पालना गरिदिनुस् । बाहिर किनमेलमा निस्किँदा पनि अब सेतो घेराको नियम पालना गर्नुपर्छ ।
डा. कार्की भन्छन् स् अहिलेलाई सबैभन्दा ठूलो औषधि यही हो । कुनै पनि सामान लिँदा दिँदा पनि एक मिटर दूरी कायम गर्न अपिल गरे । एक मिटर दूरीको नियम कायम गर्न सकियो भने मास्क पनि अनिवार्य चाहिँदैन तर यो नियम सबैले पालना गर्नुपर्छु, उनले भने, कोभिड-१९ थुक र र्यालबाट चाँडो भन्दा चाँडो एकबाट अर्कामा फैलिइरहेको छ । यस्तोमा दूरीको नियम अनिवार्य छ ।

