धादिङका सांसदहरुले १ महिनाको तलव दिने घोषणा

Avatar photo
Dhadingpost
चैत्र १४, २०७६

धादिङ चैत्र १४ । सरकारले संचालन गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई धादिङका सांसद देखि सामान्य नागरिकले समेत आर्थिक सहयोगको घोषणा गरेका छन् ।

धादिङ जिल्लाबाट निर्वाचित संघीय सांसदहरु खेम लोहनी र भुमि त्रिपाठी, प्रदेश सांसदहरु राजेन्द्र पाण्डे, शालिकराम जमकट्टेल, जगत सिंखडा र डा. रामकुमार अधिकारीले एक महिनाको तलव कोषुलाई दिने घोषणा गरेका हुन् ।

यस्तै लामो समय फुलखर्क निवासी पूर्व शिक्षक नवराज अधिकारीले आफ्नो निवृत्तभरणबाट पाउँने एक महिनाको रकम ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई दिने घोषणा गरेका छन् ।

कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ योगदान गरेको छ, भने हिमालयन बैंकले १ करोड २५ लाख प्रदान गर्ने भएको छ । यस्तै कोषमा ‘एनआरएनए’ र ग्लोबल आइएमईले १ / १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरि सकेका छन् ।

x