
धादिङ चैत्र १३ । कोरोना भाईरसको सम्भावित जोखिमलाई रोक्न, धादिङ जिल्लामा यो समाचार तयार पार्दा सम्म ३५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
धादिङको सदरमुकाम सहित विभिन्न गाउँपालिकामा तयार गरिएको क्वारेन्टाइनमा राखिएका अधिकाँश देश बाहिरबाट घर फिर्किएका छन् भने, केहि जिल्लामा नै मजदुरी गर्ने मानिसहरु छन् ।
धादिङबेसी स्थित वन कार्यालयमा बनाईएको क्वारेन्टाइनमा भारतमा रोजगारीबाट फर्किएका ९ जनालाई राखिएको छ भने, नेत्रावती डबजोङ गाउँपालिकामा गजुरीमा मजदुरी गरेर फर्किएका ३ महिला सहित १० जना मजदूरहरुलाई क्वारेन्टाइनमा राखिएको बताईएको छ ।
यस्तै भारतबाट घर फर्किएका १६ जनालाई गल्छी गाउँपालिकाले बागेश्वरी माध्यमिक विद्यालयमा निर्माण गरेको क्वारेन्टाइन कक्षमा राखिएको छ ।
पछिल्लो समय धादिङमा देशबाहिरबाट घर फर्किएकाहरुबाट कोरोना भाईरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई ख्याल गर्दै स्थानिय प्रशासनले देश बाहिरबाट घर फर्किएकाहरुलाई क्वारेन्टाइनमा बसिदिन आग्रह समेत गरेको छ ।

