प्रत्येक जिल्लामा १/१ हजार राख्न मिल्ने क्वारेन्टाइन कक्ष बनाईने

Avatar photo
Dhadingpost
चैत्र १३, २०७६

काठमाडौं चैत्र १३ । पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिले प्रत्येक जिल्लामा १/१ हजार राख्न मिल्ने क्वारेन्टाईन बनाईने बताएको छ ।

मन्त्री भट्टराईका अनुसार केन्द्र सरकारले ५ हजारजनाका लागि क्वारेन्टाइन व्यवस्था गरेको छ भने प्रदेशहरुले दुई/दुई हजारको क्वारेन्टाइन बनाउँदैछन् ।

त्यस्तै ६ वटा महानगरपालिकालाई पनि दुई/दुई हजार, उपमहानगरपालिकाले एक/एक हजार राख्ने गरी क्वारेन्टाइन बनाउने तयारी गरिएको छ ।

चिकित्सकहरुको व्यक्तिगत सुृरक्षा उपकरण सहितका अत्यावश्यक मेडिकल सामाग्रीहरु चीन र भारतबाट खरिद गरेर ल्याउनका लागि नेपाल एयरलाइन्सका विमान तयारी हालतमा राखिएको समेत मन्त्री भट्टराईले जानकारी दिएका छन् ।