बागमती प्रदेशलाई उच्च अदालतको आदेश, सुरक्षा सामाग्री देऊ

Avatar photo
Dhadingpost
चैत्र १२, २०७६

काठमाडौं चैत्र १२ । उच्च अदालतले बागमती प्रदेश सरकारलाई कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारमा खटिनेहरुलाई सुरक्षा सामाग्री तत्काल उपलब्ध गराउन आदेश दिएको छ ।

अधिवक्ता ध्रुवप्रसाद चौलागाईंले दायर गरेको रिटको सुनुवाई गर्दै, उच्च अदालत पाटनको हेटौंडा इजलासले बुधबार प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारमा खटिनेलाई तत्काल सुरक्षा सामाग्री दिन आदेश गरेको हो ।

अधिवक्ता चौलागाईंले मुख्यमन्त्री एवं मन्त्रिपरिषदको कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रशासन कार्यालय चितवनलाई विपक्षी बनाई चैत १० गते रिट दायर गरेका थिए ।