
धादिङ चैत्र ११ । नीलकण्ठ नगरपालिका वडा नं. ५ का अध्यक्ष आफै लकडाउनको अनुगमनमा निस्किएका छन् ।
सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि देशभर लकडाउन गर्दै अत्यावश्यक सेवा वाहेकका सेवा बन्द गर्न निर्देशन सँगै सर्वसाधरणलाई घरभित्रै रहन गरेको अव्हान कार्यान्वयन भएन भएको हेर्न वडा अध्यक्ष रामकुमार श्रेष्ठ आफै अनुगमनमा निस्किएका हुन् ।
लकडाउनको व्यवस्था गर्न इटालीले ठुलो मानविय क्षेति व्यहोरीरहेको छ । आफ्ना आफ्ना गाउँहरुमा अध्यावश्यक कामभन्दा बाहेक घरबाट बाहिर ननिस्कऔं भन्ने सन्देश सहित आफू अनुगमनमा निस्किएको अध्यक्ष श्रेष्ठले बताए ।
