धादिङबेसीमा बनाईयो, ३५ जना क्षमताको क्वारेन्टाईन स्थल

Avatar photo
Dhadingpost
चैत्र ११, २०७६

धादिङबेसी चैत्र ११ । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संभावित संक्रमणको रोकथाम तथा नियन्त्रणका गर्न सरकारले मंगलबार देखि एक साताका लागि लकडाउन गरि सकेको छ ।

लकडाउन सँगै धादिङबेसीमा रहेको वन कार्यालय धादिङको भवनलाई क्वारेन्टाईन स्थलको रुपमा तय गरिएको जिल्ला प्रशासान कार्यालय धादिङले जनाएको छ ।

निलकण्ठ नगर पालिका, स्वास्थ्य कार्यालय धादिङ, धादिङ अस्पताल, नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको सहकार्यमा वन कार्यालयको भवनमा ३५ जना क्षेमता रहेको क्वारेन्टाईन स्थल बनाईएको रेडक्रसकर्मी नारायण कुमार श्रेष्ठले बताए ।

सङ्क्रमितको चापलाई मध्यनजर गर्दै आवश्यक परेमा एकल महिला सञ्जाल धादिङको भवन, नीलकण्ठ माध्यमिक विद्यालय, बाल मन्दिर माध्यमिक विद्यालयका साथै आवश्यकता अनुसार होटलहरुलाई समेत क्वारेन्टाइनको रुपमा विकास गरिने श्रेष्ठले बताए ।