
काठमाडौं चैत्र ११ । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न समाग्री सहित चिनियाँ विमान नेपाल आउने भएको छ ।
चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमान काठमाडौं आउने तयारी भैरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।
नेपाल सरकारले आफूसँग कोरोना भाइरससँग लड्ने पर्याप्त औषधी उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्री सहितको विमान मंगलबार नै काठमाडौं पठाउन लागेको हो ।
