
काठमाडौं चैत्र १० । काठमाडौंमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित बिरामी भटियो ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिएका हुन् ।
फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक महिलालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच उनमा कोभिड–१९ पोजेटिभ देखिएको हो । उनी चैत ४ गते नेपाल आएकी थिईन् ।
उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको बताइएको छ। उनको बारेमा विस्तृत जानकारी भने केहि पनि खुलाएको छैन ।

