
धादिङ चैत्र १० । धादिङबाट अन्य जिल्लामा चल्ने सार्वजनिक यातायातका साधनहरु आज बिहानै देखि ठप्प छन् ।
धादिङबेसीबाट यात्रुहरु बोकेर जान खोज्ने यात्रु बहाक बसलाई धादिङबेसी पुछार बजारमै रोकिएको र बस पार्किङ र ग्यारेजका लागि भने यात्रु नबोकी गन्तव्यमा जान दिईएको छ ।
कोरोना भाईरसको संक्रमण रोक्न सरकारले लामोदुरीका सवारी साधनहरुललाई रोक लगाए सँगै धादिङबाट अन्य जिल्लामा चल्ने सवारी साधनमा समेत प्रभाव परेको हो ।
काठमाडौंबाट धादिङ आउन आजको लागि समेत टिकट बुकिङ भैसकेको भए पनि बस संचालनमा रोकलागे सँगै बुकिङमा लिईएको भाडा फिर्ता गरिएको बस समितिले जनाएको छ ।
अन्य जिल्लामा जाने सार्वजनिक साधानहरु रोकिए पनि धादिङका ग्रामिण क्षेत्रमा जाने बसहरु निर्वाध रुपमा चलेका छन् ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय,धादिङबाट प्रदान गरिने सुरक्षा र विपद व्यवस्थापन लगाएतका अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु चैत २१ गते सम्म बन्द रहने सर्वसाधारणको जानकारी गराएको छ ।

