सेमजोङमा अनसाइट कोचिङ सम्पन्न

Avatar photo
Dhadingpost
चैत्र १०, २०७६

धादिङ चैत्र १० । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका स्थित सेमजोङमा तीन दिने अनसाईट कोचिङ सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भएको अनसाइट कोचिङमामा कटुन्जे स्वास्थ्य चौकी, सेमजोङ स्वास्थ्य चौकी, गैरा सामुदायिक स्वास्थ्य एकाई र केवरा सामुदायिक स्वास्थ्य एकाइका दक्ष प्रसूतीकर्मी र नर्सिङ स्टाफहरुको सहभागिता रहेको थियो ।

गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण बहादुर पौडेलका अनुसार अनसाइट कोचिङमा सुरक्षित सुत्केरी गराउने विधि र सुत्केरी गराउँदा जटिलता आएमा कसरी व्यवस्थापन गर्ने भन्ने बारे सिकाईएको थियो ।