
धादिङ चैत्र ६ । जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई प्रयास नेपालले फलफुल वितरण गरेको छ ।
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) ले आफ्नो १९ औ स्थापना दिवसमा अवसरको उपलक्ष्यमा जिल्ला अस्पताल धादिङमा उपचारत बिरामीहरुलाई फलफुल वितरण गरिएको हो ।
धादिङको साविकको सांङकोष गाविस हाल नीलकण्ठ नगरपालिका १२ आँपश्वरामा ९ जना स्वंयसेवी युवाहरुद्धारा २०५८ सालमा स्थापना भएको प्रयास नेपालले अहिले जिल्लामा महिला, बालबालिका, शिक्षा, जिविको पार्जन, खानेपानी तथा स्वास्थ्य , अधिकार, निर्माण सुशासन, बिपद् व्यवस्थापन बिषयगत क्षेत्रमा काम गर्दै आई रहेको छ ।
फलफुल वितरण कार्यक्रममा प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) का अध्यक्ष सविता अर्याल, कार्यकारी निर्देशक दामोदर अर्याल, पदाधिकारी एव कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

