
एजेन्सी चैत्र ६ । चीन पछि कोरोना भाइरसबाट सबैभन्दा बढी मानविय क्षेति बेहोर्ने मुलुक इटली भएको छ । कोरोना प्रकोप फैलिएयता पछिल्लो समय इटालीमा एकै दिन ४ सय ७५ मानिसको ज्यान गएको छ ।
इटलीको लोम्बार्डीमा ३ सय १९ र बाँकी अन्य क्षेत्रका संक्रमितको बुधबार ज्यान गएको गएको हो ।
योसँगै इटलीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ । यो कोरोनाको उद्गम मानिने चीनको भन्दा २ सय ५९ ले मात्रै कम हो ।
यस्तै बितेको बितेको २४ घण्टामा स्पेनमा २४ घण्टामा १०५ र इरानमा १०७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ, भने चीनले मृत्युदर पनि शून्यमा झारेको छ । वर्ल्डओमिटर्सका अनुसार, बुधबार चीनमा संक्रमित कसैको पनि मृत्यु भएको छैन ।

